गोधुली यो साँझ पर्यो हातमा हात समाऊ प्रिय
छातीमाथि शिर राखी पुतली भई रमाऊ प्रिय
सुनसान वन माझ हामी दुईको जोडी देखी
हुरी चल्न छोडिसक्यो प्रकृतिलाई गमाऊ प्रिय
यही गोधुलीको जुनेलीमा, मेरी रानी बनाउँछु
खाली मेरो अञ्जुलीमा तिम्रो जोवन थमाऊ प्रिय
अधर जोडे भयो अब, लजाउँदैन प्रकृति यो
घुम्टो हटाऊ दूरी घटाऊ मुटु नकमाऊ प्रिय
जलक्रिडा प्रेमी हंस तिर्खाएर आउँदै छु म
दिलमाझ पिरतीको शीतल सागर जमाऊ प्रिय ।