18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल विश्व गुरुङ May 6, 2010, 3:05 pm

के जुग आयो क्या नाम हजूर

छैन कतै आराम हजूर ।

कहाँ छ खै नरम अचेल

दुनियाँ भो फलाम हजूर ।।

खुट्टा तान्ने बढे अघि

हात बाँड्ने भो जाम हजूर ।।

जसको शक्ति उसको भक्ति

काम लागेन लगाम हजूर ।।

बेइमानीको शान हेरौं

इमानीको के काम हजूर ।।

अहङ्कारी दुख्छ मलाई

मनकारीलाई प्रणाम हजूर ।।

जहाँ बास होस् निश्छलीको

कहाँ होला त्यो ठाम हजूर ।।

वालिङ-१, स्याङ्जा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।