हाँसो सबै झुरियो अनि लेख्न थालेँ
भाग्य धेरै कुरियो अनि लेख्न थालेँ
खुशी सबै तुरियो अनि लेख्ल थालेँ
अभाव आकाश थुरियो अनि लेख्न थालेँ
एउटा मेरो मनसँग सयौँ मन बाझे
लाखौँ मन धुरियो अनि लेख्न थालेँ
दुःख छेक्ने दिलको दिवार ढल्यो आज
आशा सबै पुरियो अनि लेख्ल थालेँ
पीर ब्याथा भुल्नलाई पिएँ मैले आज
दुःखी आत्मा सुरियो अनि लेख्न थालेँ
इन्द्रेणिपोखरि ३ खोटांग; हाल - हंगकंग