18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भाष्कर काजी May 2, 2010, 9:09 pm
भाष्कर काजी
भाष्कर काजी

आफै बसेको गाम, खोज्छ मेरो चौतारीले

नबिर्से पनि नाम सोध्छ मेरो चौतारीले ।

कतिले थकाई मारे, साधुदेखी डाँकासम्म

तर वीरहरुको लाम खोज्छ मेरो चौतारीले ।

खल्तिमा मोबाइल बोकी, ढाँटेको देखेपछि

उहि हुलाकीको खाम खोज्छ मेरो चौतारीले ।

स्वतन्त्रताको नाउँमा, अराजकता बढेपछि

कहिँ कतै लगाम खोज्छ मेरो चौतारीले ।

रबि अस्ताउने, त्यो पश्चिमको सपना छोडी

यै पूर्व दिशाकै घाम खोज्छ मेरो चौतारीले ।

बुढो रुखसँगै अडिएको, यो आधुनीकतामा

अब आफ्नै गुमनाम खोज्छ मेरो चौतारीले ।

[email protected]

रुँघा – ७ , रुकुम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।