बर्ष बित्यो थोपा थोपा चुहिएर दिनहरु
बाँकी कति होलान् अझै मैले तिर्ने रिनहरु
कति कति पहाड कति मधेस तिर बरालिएँ
कतिहोलान् हिंड्दा खुट्टा गाडिएका पीनहरु
भाषा, धर्म, रंग, लिङ्ग, देश, जाति, धन, बुद्धि
चिन्ता लाग्छ थपिदैछन् विभाजनका जीनहरु
फेरि यौटा चक्र घुम्यो शून्य माथि अडिएर
न थप है यो बर्षमा मानवतामा घीनहरु
मणिग्राम, रुपन्देही; हालः धारापोरी, हुम्लाबाट