जिन्दगीमा अलिकति, मैदानको पाटो खोज्छु।
थोपा-थोपा रगतले, सिंचिएको माटो खोज्छु ।
धेरै भयो बत्ती मुनि, अध्याँरोमा अल्मलिएँ,
जीवनको ज्योति देख्ने, शिखरको बाटो खोज्छु ।
वर्षौं देखि छाती पिटी,रुन्छ मेरो मातृभूमि,
किन दुख्यो भनि अब,घाउको त्यो खाटो खोज्छु।
कतै ब्यर्थ धन गल्छ, कतै भोको ज्यान ढल्छ,
वस्ती भित्र देखिएको, बेमेलको राँ'टो खोज्छु।
बिनाअर्थ अकालमै, ज्यान धेरै गुम्यो यहाँ,
अहृदयी मान्छेसंग, रगतको साटो खोज्छु।