हुने भए छाती चिरी देखाउने'थें मेरो माया
तिम्रो मनको किताबमा लेखाउने'थें मेरो माया
कुन भाषामा भन्ने तिमीलाई कसो गरी देखाउ
तिमीसाथमा भए देखि सेकाउने'थें मेरो माया
जोख्दाखेरी हुने भए तराजुमा राखिकन
एकातिर तिमी राखी जोखाउने'थें मेरो माया
मुरी मुरी हजार मुरी गर्छु माया तिमीलाई
छेउमा ल्याई तिमीलाई बिसाउने'थें मेरो माया
लखनपुर ३, झापा; हाल:बहराइन