बाजेले मेरो बा’लाई सुनाए
भन्थे तेरो बा’लाई सुनाए
छोरा त सगरमाथा पुगेस्
त्यती अप्ठेरो बा’लाई सुनाए
हाम्रो खलकमा कसैले छोएनन्
चढेस् पजेरो बा’लाई सुनाए
महलमा बस्दैमा भुल्नु हुदैँन
छाप्रो कटेरो बा’लाई सुनाए
मैले त जीन्दगी बिताई सके
रैनछ अँधेरो बा’लाई सुनाए
कोहलपुर, बाँके