18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल आचार्य प्रभा April 26, 2010, 9:32 pm

कस्तो गल्ती भयो मेरो झर्किएर गइदियौ

अझ रिस पोखाएर चर्किएर गइदियौ ।

मीठो बोली निकालेर सँधै कुरा गर्ने मान्छे

बिष घोली मैलो पानी छर्किएर गइदियौ ।

मेरो सामु आँखाहरु झुकाएर बोल्ने तिमी

ठुलो बोली ओकलेर चड्किएर गइदियौ ।

ओत दिन्थ्यौ झरी पर्दा नभिज है तिमीभन्दै

आज आफै बर्षा बनी दर्किएर गइ दियौ ।

सधैं भरी मेरो साथ नपाएमा रुने गर्थ्यौ

आज भेट हुँदाखेरी फर्किएर गइ दियौ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।