तिमीसँगै बिताएको रात याद आयो
खुस्स कानमा सुनाएको बात याद आयो ।
विरहमा भक्कानिँदा नरोऊ मेरो प्यारा भनी
परेलीका आँसु पुछ्ने हात याद आयो ।
एक्लै तर्न गाह्रो रैछ जिन्दगीका जंघारहरु
हात समाई तरेको त्यो साथ याद आयो ।
हराउँदै प्रवासका गजलका शेरभित्र
संगीत भर्ने चिलाउनेको पात याद आयो ।
पोखरा