18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सहरको सपना

कथा बखतबहादुर थापा April 24, 2010, 8:38 pm

‘आमा ! मेरो जागिर भयो र क्याम्पसमा पनि भर्ना भएँ । अब मलाई केही महिनासम्म दालचामलको मात्र सहयोग भए पुग्छ । काम सिक्दै गएअनुरूप तलब बढ्दै जानेछ । आशा छ, तपाईं र श्रीमतीलाई दिएका वचनहरू छिटोभन्दा छिटो पूरा गर्नेछु । अरू मेरो कुनै चिन्ता गर्नुपर्दैन । यहाँको कुरो ग¥यौं भने, कसैलाई तेरो–मेरो भन्नेजस्तो रिस, डाहा गर्ने फुर्सदै छैन । सबै आआफ्नो काममा व्यस्त हुन्छन् । यताका बालबच्चाहरू खोपी खेल्नु, ढुङ्गामुढा खेलाउनु, धूलोमाटोमा उफ्रिनुको सट्टा किताबकापी समात्छन् । राम्रोसँग आमाबुवा भन्न पनि स्कुलमै सिक्दा रहेछन् ।’

रञ्जनले अगाडि लेख्यो– ‘हाम्रो गाउँका देवीदेवता पनि कति गरिब छन्, वर्षको दुईपटक मात्रै भोग खान पाउँछन् । त्यही मौकामा मन्दिरको सरसफाइ हुन्छ । गाउँलेहरू देवीदेवताको दर्शन गर्न नभएर भेटघाटमा आएजस्ता देखिन्छन् । यहाँका मानिसहरूमा कत्रो श्रद्धा छ ! मन्दिरमा प्रतिदिन घुइँचो लागेको हुन्छ; सयौंको सङ्ख्यामा भोग चढ्छन् ।

‘कति रमझम छ यहाँ ! काम गर्नेहरूलाई रातदिन बितेको थाहै हुँदैन । त्यसैले मेरो कल्पनामा यही सहर नाचिरहेको छ, यही मेरो सपना हो । मलाई आशीर्वाद दिनुहोस्, मेरो सपना साकार बनोस् ।

चिठी लेखिसकेर उसले एक चोटि पढ्यो र पट्ट्याएर खल्तीमा हाली डेराबाट निस्कियो ।

****

रञ्जन सात वर्षको हुँदा बुवालाई गुमाएको थियो । सामान्य किसान परिवारभएकाले उसकी आमाले छरछिमेक र माइतीहरूको आडभरले लालनपालन गरिन् । वल्लोपल्लो घरका बच्चाहरूकोजस्तै राम्रो लुवाइखुवाइ पाउन निकै पढ्नुपर्ने कुरा उसकी आमा सम्झाई रहन्थिन् । फलस्वरूप ऊ सानैदेखि महत्वाकांक्षी बन्दै गयो । पढाइलेखाइ मात्र होइन, प्रत्येक काममा निकै फुर्तिलो थियो ऊ ।

पढाइमा मेहनत गर्न ऊ कहिल्यै पछि हट्दैनथ्यो । यसको प्रतिफल आयो एसएलसीमा । दैलेखको दुर्गम गाउँमा पढेबढेको उसले फस्ट डिभिजन ल्यायो । राम्रो नतिजाले उसमा ठूलो विचार पलायो र ठूलै सहरमा गएर उच्च शिक्षा लिने रहर पाल्यो । तर छोराको रहरले आमालाई चिन्तित बनायो । उनी सोच्थिन्– छोरो एक्लै सहरमा पढ्ने, आफु गाउँमा एक्लै कसरी बस्ने ?’

अन्त्यमा, बुहारी भित्र्याए घर छाड्न पाउने आमाछोराबीच सल्लाह भयो । उनीहरूको दुख देखेर छोरी कसले दिने ? रोजेकाहरू पन्छिन थाले । बल्लतल्ल एउटा परिवार राजी भयो । गरिब भए पनि रञ्जनलाई व्यावहारिक ठानेर उनीहरूले छोरी दिने भए ।

दुलही भित्र्याउन्जेल रञ्जनले कम्प्युटरसम्बन्धी तीनमहिने तालिम पनि ग¥यो ।

घरको परिपाटी मिलाएर रञ्जन काठमाडौं पस्यो । क्याम्पस भर्ना हुनुअघि रोजगारको व्यवस्था मिलाउनु थियो उसलाई । एकजना परिचितको दयादृष्टिले कम्प्युटर पसलमा काम पायो । उसको काम थियो– बजारमा गएर नयाँ कम्प्युटरको जानकारी दिनु । कम्प्युटरसम्बन्धी यथेष्ट जानकारी नभएकाले तलब थोरै थियो । त्यसैले काठमाडौंको महङ्गीसँग जुध्न उसलाई घरबाट दालचामलको सहयोग लिनैप¥यो ।

काममा आइलाग्ने आरोह–अवरोहदेखि बच्न टेक्निसियनसँग सोध्ने र कम्प्युटरका क्याटलग पढ्ने गथ्र्यो । यसप्रकार जागिरको टुङ्गो लागेपछि क्याम्पस भर्ना भयो । बिहान क्याम्पस, दिउँसो नोकरीे । अनेक किसिमका मानिसहरूसँगको भेटघाट, सहरको सुखसुविधा, रहनसहनले ऊ लोभिन थाल्यो ।

जान्नेबुझ्ने अभिलाषाले उसको उठबस टेक्निसियनहरूसँगै बढी हुन्थ्यो । उनीहरूको प्रत्येक क्रियाकलापमा सामेल हुनु आफ्नो कर्तव्य ठान्दथ्यो । किनकि जागिरमा बाधक बन्ने प्रत्येक खुट्किलाहरूमा टेवा पु¥याउने तिनै साथीहरू थिए । साथ निभाउने व्रmममा कहिलेकाहीँ क्याबिन रेस्टुरेन्टमा पुग्दा उसको जीउ सिरिङ्ग भएर आउँथ्यो ।

‘अहँ, मेरो लक्ष्य यो होइन,’ रञ्जन आफ्ना घरपरिवारलाई दिएको वचन र आफ्नो लक्ष्य सम्झिँदा झसंग हुन्थ्यो ।

साथीहरूले पैसा खर्च गरेको देख्दा जिल्ल पथ्र्यो । उनीहरू दुई÷तीनटै भए पनि तीन÷चार हजारको बिल पु¥याउँथे । सेवामा उपस्थित केटीहरूलाई दुई÷चार सयका दरले बाँड्थे । दोस्रो दिन टाउको दुख्यो भनेर अफिसै जान्नथे । अफिसमा गयल भए त्यस दिनको तलब काटिन्थ्यो । त्यो उनीहरूलाई मतलब थिएन ।

एक दिन पैसाको खाँचो पर्दा उसले साथीहरूसँग सहयोग माग्यो । उनीहरूले बेइज्जत हुने गरी ५÷१० का दरले उठाएर दिए । रेस्टुरेन्ट गएका बखत हजार–पन्ध्र सय रञ्जनकै हिस्सामा खर्च गर्दथे । यो देखी उसलाई डाहा हुन्थ्यो । नखाओस्, साथीहरू करकाप गर्थे र अन्तमा जँड्याहा साथीहरूलाई बोकेर घरमा पु¥याउने काम हुन्थ्यो । त्यसैले उसको पनि रक्सी खाने र केटीहरूसँग गफ हाँक्ने बानी बस्यो ।

****

एक दिन परिवारको सम्झनाले रातभरि निदाएन । दिनमा उसको मन कामतर्फ केन्द्रित नभएकाले झोक्रिएर बसिरहेको थियो ।

‘रञ्जन !’ सञ्चालकले झसङ्ग बनायो ।

जुरुक्क उठेर ‘हजुर सर’ भन्दै सामुन्ने पुग्यो ।

‘वानेश्वर सुकेशले नयाँ कम्प्युटर लगेको छ, गएर केकस्तो हो बुझाइदेऊ रे ।’

‘हुन्छ हजुर ।’ रञ्जन हिँड्यो ।

सुकेशको घरमा पुग्दा बिजुली थिएन । करिब आधा घण्टासम्म चिया खाने र गफ गरी बस्ने काम भयो । त्यसपछि उनीहरूले विद्युत् प्राधिकरणमा फोन गरे । अरू दुई घण्टासम्म बिजुली नआउने जानकारी पाए ।

सुकेशले भन्यो– ‘रञ्जनजी, एक÷दुई घण्टामा भ्याउने काम भए गएर आउँदा हुन्छ । म एउटा मिटिङमा पुगेर आउँछु ।’ ऊ हिँड्ने तरखरमा जुट्यो ।

रञ्जनलाई एक/दुई घण्टामा भ्याउनुपर्ने कुनै काम थिएन । तर सम्बन्धित मान्छे नै हिँड्न थालेपछि बाहिर निस्किनैप¥यो ।

सडकमा लरखराइरहेको थियो ।

‘रञ्जन दाइ !’ सुरिलो स्वर उसका कानमा ठोक्कियो । हेर्दा बाटोको अर्कोतर्फ मोनिका उभिएको देख्यो । उसले मुस्कुराउँदै आपूmकहाँ आउने सङ्केत गरी ।

‘छ्याः, कस्तो लाज नभएकीसँग परिचय भएछ, बाटोघाटोमा रञ्जन दाइ भनेर कराउँछे !’ सोच्दै रञ्जनले नकारात्मक दृष्टि फ्याल्यो ।

मोनिकाले बोलाएको देखेर बाटो हिँड्नेहरू रञ्जनतिर हेर्न थाले ।

रञ्जनले सोच्यो– तमासा हुनुभन्दा त्यहीँ गएर हप्काउँछु, ऊ मोनिका भए ठाउँ पुग्यो ।

मोनिकाले गुड गर्ने प्रयोजनमा हात बढाउँदै भनी– ‘मलाई नदेखेर फर्किनुभएको ?’

मोनिकालाई रञ्जन आफ्नै होटलबाट फर्केको भन्ने लागेछ । ओठद्वारा केही टाढाको पसलतर्फ सङ्केत गर्दै भनी– ‘चुरोट लिन गएकी थिएँ, जाऊँ ।’ उसले रञ्जनको पाखुरो समाती ।

रञ्जनले मुख बिगार्दै भन्यो– ‘तिमीलाई भेट्न हैन, काममा आएको थिएँ ।’ उसले आफ्नो पाखुरातर्फ आँखा पु¥याउँदै भन्यो– ‘यसरी पाखुरा समातेपछि देख्ने मान्छेहरूले के भन्लान् ? तिमीसँग झगडै गर्नुपर्छ; भरे साथीहरूसँग आउँछु ।’ उसले हात छुटायो ।

मोनिकाले ओठ लेप्र्याउँदै भनी– ‘एउटी केटीसँग झगडा गर्नलाई पनि दलबल चाहिन्छ ? हिँड्नुस्, मेरो पनि अघिपछि कोही छैन । फेरि पनि लड्न डर लागेमा मेरोतर्फबाट एक कप चिया खाएर जानुहोला ।’ फेरि हात समाएर तान्न थाली ।

बाटोमा हात छुटाउन लागेर जात्रा देखाउनुभन्दा रञ्जनलाई उसैसँग हिँड्न ठीक लाग्यो ।

रेस्टुरेन्टमा पुगे । मोनिकाले एउटा क्याबिनमा बसाई अनि बाहिर निस्किँदै भनी– ‘बस्दै गर्नु है, केही खानेकुरा लिएर आउँछु ।’

रञ्जनले हतारो गर्दै भन्यो– ‘चिया मात्रै है ।’

‘थाहा छ,’ मोनिका अगाडि बढी । चियाको ठाउँमा एक हाफ जिन बोकेर आई ।

रञ्जनले पिउन नमान्दा उसले भनी– ‘अरू दिन ५÷७ साथीहरूसँग आएर निकै फुर्ती देखाउनुहुन्छ नि ! समयले बारम्बार साथ दिँदैन ।’ दुइटा गिलासमा रक्सी खन्याई ।

रञ्जन उसको कुरा सुनेर जिल्ल पर्दै सोच्न थाल्यो– यसको चुनौती स्विकारूँ या उँधोमुन्टो लगाएर हिँडूँ, आइन्दा यस्तो समाजदेखि टाढा हुने गरी ?

अचानक उसको सोचाइले कोल्टे फे¥यो– गलत कामदेखि आफूलाई जोगाउनुपर्छ; अरू दिनझैं हँसीमजाक गर्दा के फरक पर्ला ?

मोनिकाले उसको नाक समात्दै भनी– ‘के सोच्न थालेको ? पैसाको पीर मान्नुपर्दैन; आज मेरो तर्फबाट भयो ।’

रञ्जनलाई समय बिताउनु थियो । पिउन सुरु भयो । नशाले च्याप्दै ल्याएपछि मोनिका ‘रञ्जन...’ भनेर आँखा सन्काउन थाली ।

दिउँसोको समय, रञ्जनबाहेक ग्राहक शून्य । साउनको महिना, एकाएक कालो न कालो बादल मडारिएर काठमाडौं खाल्टो नै अँधेरोमा भासिन पुग्यो । झमझम पानी पर्न थालेपछि रञ्जनलाई पछ्याइरहेको सुकेशको कामको चिन्ताले पनि सुइँकुच्चा ठोक्यो । काठमाडौंको बिजुली बादल देख्नेबित्तिकै भाग्थ्यो, पहिल्यै गएको बत्ती पानी परेपछि आउला भन्ने सम्भावना पनि कमै थियो । भवितव्य आइहाले पनि पानीमा भिज्दै काममा हिँड्ने कुरै आउँदैनथियो ।

अँधेरो क्याबिनमा धिपधिप बलिरहेको मैनबत्ती पनि बाहिरको बतास र पानीले निभ्न खोजिरहेको भान हुन्थ्यो । मोनिका बेग्लै धुनमा रहिछ । ‘रञ्जन...’ भनेर हात फैलाउँदै अगाडि के बढी, मैनबत्ती टेबुलमुनि पुयो ।

रञ्जन मैनबत्ती खोज्न थाल्यो । त्यो देखेर मोनिकाले भनी ‘छोड न..., यो बत्तीको पनि डिस्टर्ब गर्ने मन छैन ।’

अन्धकार र मोनिकाका रापको संयोजनले रञ्जनको सोच्ने–बुझ्ने क्षमता लोप भयो ।

जब रञ्जनलाई आफूले असुरक्षित यौन सम्पर्क राखेको थाहा भयो, उसको अनुहार निन्याउरो हुँदै आयो ।

मोनिका उसको सोचाइ आफूतिर तान्दै थिई– ‘रिलेक्स रञ्जन, रिलेक्स ।’

बाहिर कतैबाट ऊ... हुई... हुई... आवाज आयो; स्याल कराएजस्तो । रञ्जनको मुटु चिसो भयो– काठमाडौंजस्तो घना बस्तीमा दिउँसै स्याल कराउनु राम्रो सङ्केत हैन ।

‘के भयो ?’ मोनिकाले भनी ।

रञ्जनले भन्यो– ‘के भनूँ खै ? तिम्रो मायामा डुबियो ।’

मोनिकाले भनी– ‘पूरै चाल पाएकै छैनौ । मेरो मायाले सांसारिक झन्झटदेखि पनि मुक्त हुनेछौ ।’

रञ्जन उठेर बाथरुमतर्फ हिँड्यो । फर्किंदा मोनिका सुतिरहेकी थिई । उसले चुरोट सल्काउँदै झकझक्यायो– ‘ए उठ, अस्थायी साधन भनेजस्तो केही थिएन ? पेट बोक्यौ भने नि ?’

‘मलाई त्यस्ता सानातिना कुराको चिन्तै छैन ।’ मोनिका उठी ।

झरी रोकिएको केहीबेरमा बिजुली पनि आयो । रञ्जनलाई कामको सम्झना भयो । उसको दृष्टि घडीमा पुग्यो । रेस्टुरेन्टमा छिरेदेखि घण्टा सुईले तीन डाँडा काटिसकेछ । उसले मोनिकालाई धक्याउँदै भन्यो– ‘जाऊ, फटाफट बिल लिएर आऊ । काममा जानु छ ।’

मोनिकाले सात सयको बिल ल्याई । रञ्जनले पर्स निकालेर हे¥यो, जम्मा पाँच सय थियो ।

त्यो देखेर मोनिकाले भनी– ‘बाँकी म तिर्छु ।’ ऊ काउन्टरतर्फ लम्की ।

फर्केपछि उसले भनी– ‘रञ्जन, मलाई तिमीजस्तो साथी चाहिएको थियो । त्यसैले आफ्नो मन थाम्न सकिनँ । मलाई माफ गर्नु ।’

‘धत्, फाल्तू कुरो गर्ने हो ? लाज नभएकी ।’ भनेर रञ्जन बिदा भयो ।

केही अगाडि पुगेपछि रञ्जनलाई दिक्क लाग्यो । काममा जाने मन भएन । मनमा अनेक कुराहरू खेल्न थाले– सांसारिक झन्झटदेखि मुक्ति पाउनेछौ पो भन्दै थिई, कहीँ योसँग रोग त छैन ?

ऊ शङ्का–उपशङ्काको दहमा डुब्न थाल्यो ।

उसको मन आफैलाई धिक्कार्दै थियो– के यस्तै शङ्का–उपशङ्कामा बाँधिन काठमाडौं आएको हो ? घरबाट आमाले बिदा गर्दा देवीदेवता गुहार्दै भनेकी थिइन्– ‘हे परमेश्वर ! मेरो कुलदीपकको कपालको रौं र खुट्टाको नङ नझरोस् । आँटेको काम पूरा होस् ।’

उसकी श्रीमतीले पनि ‘हे ईश्वर ! मेरा प्राणनाथको रक्षा गरे’ भनेर आँसु झारेकी थिइन् । सासूबुहारीको गह भरिएर आउँदा रञ्जनले आँसु पुछ्दै भनेको थियो– ‘थुप्रै इच्छा बोकेर राजधानी पस्दै छु । चिन्ताको हैन, मलाई आशीर्वादको खाँचो छ ।’

ऊ सोच्दै थियो– गाउँबाट सासूबुहारी हातखुट्टाको नङ्ग्रा घोटीघोटी अन्नका दाना बटुलेर काठमाडौं पठाउँछन्, के यस्तै शङ्का–उपशङ्कामा बाँधिएला भनेर हो ? प्रत्येक बिहान क्याम्पस गएर एउटा सिट रोक्नुको उद्देश्य यही हो ? शिक्षकले ओठ सुकाईसुकाई सिकाउनु, सम्झाउनुको अर्थ यस्तै शङ्कामा रुमलिन हो ? जोकोहीलाई जीहजुरी लगाएर कुनै कुरा जान्नुसुन्नुको अर्थ यही हो ? के म यस्तै पीरमा जेलिएर यो सहरबजारमा भीड गर्नलाई जन्मिएको हुँ ? नाइँ, मेरो जीवनको पनि कुनै न कुनै उद्देश्य पक्कै हुनुपर्छ ?

ऊ मन बाँधेर त्यो गल्ती भुल्ने कोसिसमा जुट्यो । जाँडरक्सीजस्ता कुराबाट परहेज गर्न थाल्यो । साथीहरूले कर गर्दा अनेक बहाना बनाएर पन्छिन थाल्यो ।

दसैंतिहार आउन थालेपछि काठमाडौंको चहलपहल तात्तिएर आयो । मानिसहरू किनमेलमा बतासिन थाले ।

रञ्जनलाई पनि गाउँघरको सम्झनाले कुतकुत्यायो । किनमेलनिम्ति न्युरोडतर्फ हिँड्योे । अचानक अगाडिबाट मोनिका आउँदै गरेको देखेर उसको जीउ सिरिङ्ग भएर आयो । तुरन्त अर्कोतर्फ फर्केर हिँड्दै थियो, ‘रञ्जन !’ मोनिकाको चर्को स्वर उसका कानमा ठोकिन आइपुग्यो ।

फर्केर हेर्दा मोनिका आफैतर्फ लम्किरहेको देख्यो ।

‘के छ खबर ? मेरो अनुमान ठीक उल्टो भयो नि, ठान्थें सांसारिक मायामोह भुलेर मकहाँ आउनेछौ, तिमी त गालीगलौज गर्न पनि आएनौ है, ताजुबलाग्दो कुरा, पिठ्यूँ फर्काएर पो हिँड्दै छौ !’ मोनिका बिनासंकोच न्युरोडको भीडमा यस्ता कुरा गर्दै थिई ।

रञ्जनले चारैतिर आँखा दौडाउँदै साउती मा¥यो– ‘मोनिका, के भन्दै छ्यौ तिमी ?’

मोनिकाले भनी– ‘दसैंको किनमेलमा आएजस्तो छ ! घर जाँदै छौ ?’

रञ्जनले स्वीकारोक्ति दियो ।

‘घरमा कोको छन् ?’

‘आमा र प्यारी श्रीमती सावित्री ।’

‘भन्नाले घरको चिराग तिमी मात्र हौ ?’

‘हो,’ रञ्जन मुस्कुरायो ।

‘यस्तो मान्छे पनि क्याबिन रेस्टुरेन्टमा जाने हो त ? गइहाले पनि आफ्नो परिस्थिति भुल्नु हँुदैनथ्यो । मेरो सोचाइ गलत भएकोमा खेद छ, यो संसारमा कति किसिमका मानिसहरू छन्, हो !’ मोनिकाले अनुहार अँध्यारो बनाउँदै भनी– ‘ठीकै छ, नुन पिसिने ठाउँमा घुन पनि पिसिन्छ भन्छन् । तिमी निकै सुधो रहेछौ रञ्जन, त्यसैले मेरो सङ्केततर्फ ध्यान दिएका छैनौ ।’

‘भन्नाले ?’ रञ्जन जिल्ल प¥यो ।

मोनिकाले भनी– ‘तिमी मेरो हौ रञ्जन, प्यारी श्रीमती सावित्रीलाई भुलिहाल, पछि मलाई दोष नदिनु ।’

यस प्रकार मोनिका रहस्यमयी कुरा गरेर आफ्नो बाटो लागी ।

उसको कुराले रञ्जनलाई चेतनाशून्य बनाइदियो । किनमेल गर्नुको साटो डेरातर्फ हिँड्यो । डेरामा पुगेपछि जीउ छाडी बिस्तरामा पल्टियो । ओल्टेकोल्टे फर्किंदाफर्किंदै असिनपसिन भएर आयो– घर जाने तालमेलमा जुटूँ या अस्पताल ? कि यो संसारदेखि विलीन भइहालूँ । भन्नाले आफन्तहरूदेखि निकै टाढा, उनीहरूको सम्झनाले पनि पछ्याउन नसकोस् । यदि यस्तै गर्ने हो भने शङ्काकै आधारमा किन भागदौड गर्नु, वास्तविकता नै बोकेर हिँडू ।

यस्तै सोचेर उठेपछि ऊ क्लिनिकतर्फ लम्क्यो ।

****

रगत परीक्षणपछि डाक्टरले अँध्यारो अनुहार बनाउँदै भने– ‘कति वर्षका भयौ ?’

डाक्टरको अनुहारमा आएको खिन्नता र उनको सवालले रञ्जनको जीउ सिरिङ्ग भएर आयो । ‘असी वर्षको भएँ, डाक्टर साब’ भनँुजस्तो लाग्यो । यदि उनले पत्याउने भए, नहिचकिचाईकन ‘आठ÷दस वर्ष अझै बाँच्छौ भाइ’ भन्थे होला । अफसोस, रञ्जनको जोसजाँगर ठट्टा गर्ने स्थितिमा थिएन ।

डाक्टरले फेरि सोधे– ‘किन गम्भीर भयौ भाइ ? मान्छे हेर्दा समझदार देखिन्छौ, के काम गर्छौ ?’

‘खाडल खन्ने, आठ÷दस वर्षमा पूरा हुन्छ होला है ?’ भन्नुपर्ने ठाउँमा रञ्जनको मन छाती पिटेर चिच्याई–चिच्याई रोऊँजस्तो भइरहेको थियो । बिस्तारै उसको गह भरिँदै आए । परन्तु उसको दृष्टि डाक्टरको अनुहारमै जमिरहेको थियो ।

डाक्टरले रिपोर्ट दोब्राएर रञ्जनको गोजीमा घुसार्दै भने– ‘पढ्न आउँछ होला नि, घरमै गएर हेर्नू । तिम्रो यो मायालाग्दो अनुहार देखेर मेरो हिम्मतै जुटेन भाइ, तिमी बर्बाद भइसक्यौ कसरी भनूँ ?’

रञ्जनको वाक्य नै फुटेन । उसका आँखा डाक्टरकै अनुहारमा गडेका थिए । सोच्दै थियो– मेरो मृृत्युको घोषणा गर्न बसेको यो मान्छे डाक्टर हो कि शैतान ! जुन कुरो यसले ठीक पार्न सक्दैन, त्यो कुरो पत्ता किन लगाउनु !

डाक्टर फटाफट टेबलमा भएका सामान मिलाउन थाले । तुरुन्त बाहिरिएलान् जस्तो भान हुन्थ्यो । बेलाबेला रञ्जनतर्फ दृष्टि पु¥याउँथे, मानौं उनी रञ्जन त्यहाँबाट छिटै हिँडोस् भन्ने चाहन्थे ।

डाक्टरको मनसाय बुझेपछि रञ्जन बाहिरियो । सरासर वानेश्वर पुग्यो, जहाँ मोनिकाले उसलाई देखेर बोलाएकी थिई । ‘हेरूँ, एच.आई.भी. पोजिटिभ लेखिएका अक्षर कस्ता छन्, कत्रा छन्, जुन अक्षरले पूरै जीवन आठ÷दस वर्षमै समेट्ने सामथ्र्य राख्छन् ?’ सोच्दै पे्रस्क्रिप्सन खोल्यो ।

आकारप्रकारमा कुनै भिन्नता नदेखिए पनि उसलाई ती अक्षर मृत्युले दाह्रा फैलाए जस्ता लागे । दाह्रा त रञ्जनका पनि कम थिएनन्, रिपोर्ट डल्लो पारेर मुखमा घुसा¥यो । नचपाई पेटमा पु¥याइदिने कोसिसमा थियो, तर घाँटीमा अड्किँदा रन्थनिएर एक फन्को घुम्दै थचक्क बस्यो । घाँटी तानीतानी पेटमा पु¥याएपछि आँखामा आँसु आइपुगेको चाल पायो । आँसु पुछेर मोनिका काम गर्ने होटलतिर लम्क्यो ।

मोनिकाले उसको अनुहार देख्दैमा चाल पाइछ । क्याबिनमा लगेर बसाल्दै भनी– ‘चिन्ता नगर रञ्जन, म छु नि ।’

‘ठीक भन्यौ मोनिका, त्यही भएर नै आएको । एउटा गिलास लिएर आऊ है ?’

‘मलाई नखुवाउने ?’

रञ्जनले उसलाई सु¥याउँदै भन्यो– ‘हिम्मत छ ?’

‘तिमीले मेरो हिम्मत अझै चाल पाएनौ ?’

‘साली राक्षसनी, तँलाई पनि त्यत्तिकै कहाँ छोड्छु र !’ सोच्दै रञ्जनले भन्यो– ‘जाऊ, दुइटै गिलास लिएर आऊ ?’

‘ड्रिङ्कमा के ल्याऊँ ?’

रञ्जनले गोजीमा हात घुसारेर मेटासिटको सीसी छाम्दै भन्यो– ‘मैले बाहिरैबाट ल्याएको छु ।’

मोनिकाले ओठमा औंलो राखेर भनी– ‘सु...., बाहिरबाट ल्याएर खाएमा रेस्टुरेन्टको नियमविरुद्ध मानिन्छ । एक क्वाटर यहीँबाट ल्याउँछु, पछि थप्दाखेरि निकाल्नुहोला ?’

रञ्जनले भन्यो– ‘ठीकै छ, ल्याउन त ।’

मोनिकाले एक क्वाटर जिन लिएर आई ।

त्यो सकिएपछि रञ्जनले चुपचाप मेटासिट खोलेर दुवै गिलासमा खन्यायो र भन्यो– ‘चियर्स... !’

गिलास जुधाएको देखेर मोनिकाले भनी– ‘फेरि किन चियर्स ? केही न केही गोलमाल भएजस्तो छ ।’

उसको कुराले रञ्जनलाई सोचमग्न तुल्यायो– मानवीय चोलादेखि बिदा हुँदै छु भन्ने कुरा यसको आत्माले चाल पाएजस्तो छ !’

रञ्जनको गम्भीरता नियाल्दै उसले भनी– ‘झट्टै टोलाउने बानी पो बसेछ त ? मदेखि रिसाउनुभएको होला, है ?’

रञ्जनले भन्यो– ‘किन रिसाउनु ? तिम्रो मायाले यो संसार नै भुलाइदियो, साँच्चीकै तिमीलाई अँगालोमा बाँधेर यो सांसारिक झन्झटदेखि टाढै गइहाल्दा कसो होला ?’

मोनिकाले भनी– ‘किन नि ? कसले रोक्ने ? कसले छेक्ने हामीलाई ? खुलेआम मनोरञ्जन गर्नुपर्छ र आफ्नो माया बाँड्दै हिँड्नुपर्छ ।’

‘बोक्सी, यसलाई मेटासिट खुवाउँदा मलाई कुनै पछुतो हुनेछैन’ सोच्दै रञ्जनले भन्यो– ‘बिलकुलै ठीक भन्यौ मोनिका, लल सिनित्त पार त । यो सिध्याएर अर्को मगाउनुपर्छ ।’

रञ्जनले एक घुट्को लिएर गिलास भुइँमा राख्यो ।

मोनिकाले मुखुमा लगाउनेबित्तिकै चाल पाइहाली । चिच्याएकीले सबै जम्मा भएर रञ्जनलाई बाहिर ल्याए ।

तुरुन्त अस्पताल पु¥याए । औषधि गरेपछि डाक्टरले सोधे– ‘रञ्जन भाइ, जीउडाल देख्दा निकै स्मार्ट देखिन्छौ, फेरि पनि यस्तो कदम चाल्नुको तात्पर्य ?’

रञ्जनले भन्यो– ‘आफ्नो अभिभाराको सामुन्ने दिनगन्तीको जीवन कुहिनाको चोटजस्तो लाग्न थाल्यो ।’

डाक्टरले रञ्जनको रगत जाँचेर भने– ‘हतासिनुपर्ने केही छैन भाइ, तिमीलाई एड्स भएकै छैन ।’

डाक्टरको कुरा सुनेर रञ्जनले पुलुक्क उनको अनुहारमा हे¥यो । उनी भन्दै थिए– ‘हो, एच.आई.भी. को सुरुआत मात्र हो । यसले शरीरमा भएका सेता रक्तकोषहरू नष्ट गर्दै जान्छ । अनि हाम्रो शरीरले बाहिरबाट आक्रमण गर्ने रोगका कीटाणुसँग लड्न सक्दैन ।’

डाक्टरले एकछिन सोचेर भने– ‘रञ्जन भाइ, मेरो विचारमा यस्तो गलत विचार लिनुको सट्टा समाजसेवामा जुट ।’

डाक्टरको कुरा सुनेर रञ्जन गम्भीर देखियो ।

उनले भने– ‘एच.आई.भी. कसरी लाग्छ र यसले मानिसको जीवनमा कहाँसम्म उथलपुथल तुल्याउन सक्छ ? यसबारे राम्रोसँग सम्झाउन सक्छौ । अझै राम्रोसँग जान्नेबुझ्ने र टेकु अस्पतालमा गएर औषधि सुरु गर्ने, है ।’

रञ्जनले मोनिकातर्फ आँखा तर्दै भन्यो– ‘नाइँ डाक्टर साब, एकपटक अझै यो सांसारिक मायामोहदेखि छुटकारा लिनेदिने कोसिस गर्नेछु ।’

‘अहँ, यस्तो गलत कुरा सोच्नै हुँदैन । अज्ञानतावश एउटा गल्ती भई नै हाल्यो, अब जानाजानी त्योभन्दा पनि ठूलो गल्ती गर्ने ? यो अवस्थामा आउनु गल्ती थियो या योजना ? यदि गल्ती थियो भने पश्चात्ताप गर्नुपर्छ । हैन भने तिम्रो मर्जी ।’

यस प्रकार डाक्टरले धेरै सम्झाए ।

अर्कोदिन रञ्जन टेकु अस्पतालमा पुग्यो । डाक्टरले परीक्षणका निम्ति रगत निकाल्दै भने– ‘घरमा कोको छन् ?’

‘आमा र श्रीमती ।’

‘भोलि रिपोर्ट लिन आउनु ? औषधि गर्नुपर्ने अवस्था आइलागे घरका मानिसलाई बोलाउनुपर्छ । उपचार आजीवन गर्नुपर्ने हुन्छ । अरूलाई नसरोस् र आपूmलाई अरू कुनै सरुवा रोगले नभेटोस् भन्नेमा ख्याल राख्नुपर्छ । खानपिन र कामकाज जस्ता कुरामा विचार पु¥याए यो रोगले छिटै असर गर्न सक्दैन । यस्ता कुराहरू घरपरिवारले पनि जान्नु जरुरी छ ।’

डाक्टरका कुरा सुनेर रञ्जन जिल्लियो । आपूmलाई एच.आई.भी. लागेको जानकारी परिवारलाई दिनु रोगले दुगुनी चौगुनीको भार बोकाउनुजस्तो थियो ? तर गल्ती भइसकेपछि आमा र श्रीमतीदेखि कहिलेसम्म लुकाउने ? जसरी हुन्छ, आफन्त र यस समाजसँग सम्झौता गर्नैपर्छ, भन्ने निर्णय लिएर ऊ अस्पतालबाट बाहिरियो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।