18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बोधराज पन्त April 24, 2010, 8:19 pm

खसाउँदा पीडा घट्छ जहर हुन् कि आँशूहरु

बसाउँदा माया बढ्छ रहर हुन् कि आँशूहरु ।

तिमी साच्चै कसैलाई माया गर्छौ र त्यो गयो

जति रुन्छौ उति माया घटाउँछन् आँशुहरु ।

तिमी साच्चै कसैलाई माया गर्छौ र त्यो गयो

जति रोक्छौ उति माया बढाउँछन् आँशुहरु ।

पाउनेले हाँस्यो झर्यो, नपाउने रोयो झर्यो

दुबै ध्रुव जीन्दगीका समेटिन्छन् आँशुहरु ।

आँखा ढाक्ने परेलीका बाँध फोरी तलतिर

किन झर्छन् थोपा थोपा आँखा बाट आँशुहरु ।

मणिग्राम, रुपन्देही, हालः धारापोरी, हुम्ला

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।