म सँगै जीउने, तिम्रो रहर फेरिएछ
अचानक तिमी बस्ने शहर फेरिएछ ।
हाँस्न मैले भूलिसकेँ, मूर्ति बनेको छु
तिमी छुटेपछि मेरो कहर फेरिएछ ।
एक्लै उभिएको पाएँ, पछि फर्कि हेर्दा
म सँग तिमी रहिनछौ लहर फेरिएछ ।
जात एउटै भएपनि, रुप फरक देखेँ
नपीएरै मा¥यो मलाई जहर फेरिएछ ।
म सँग सुरै मिल्दैन, ताल बिग्रेपछि त
तिम्ले गाउने गजलको बहर फेरिएछ ।
कता बग्यौ खै तिमी? किनार छोडेर
मेरो फूलबारी सिँच्ने नहर फेरिएछ ।
रुँघा – ७, रुकुम