अरुको आडमा उफ्री रहेछौ
तछाड मछाडमा उफ्री रहेछौ
तराई कस्तो छ आएर हेर
त्यसै पहाडमा उफ्री रहेछौ
बन्छौ कसरी स्वाभीमानी
कसैको ढाडमा उफ्री रहेछौ
देशको माया छ नशामा भन्छौ
हाड हाडमा उफ्री रहेछौ
जीन्दगी के हो ? जान्दा जान्दै
किन कवाडमा उफ्री रहेछौ
कोहलपुर–२, बाँके