18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत दिलिप योन्जन April 14, 2010, 9:20 pm

सधै-सधै छाती भरी तिम्रो माया छ नि

छाडी गयौ ब्यथा पीडा मुटु भो खरानी

फुके पनि टुना मुना रहिरह्यो मोहोनी !

रातै भिज्यो आँशुले दिने भो सपनी

सम्झनाले पोलिरहदा हाँसौ कि रूवौं नि

र्हिदय भरी सजाको माया म भुलु कसरी

फुके पनि टुना मुना रहिरह्यो मोहोनी !

बाचा बन्धन माया प्रिती सबै भो काहानी

मुटुको माया हृदयको तस्बिर के गरी मेटु नि

तिमीले भुल्यौ कुन खुसीमा म भुलु कसरी

फुके पनि टुना मुना रहिरह्यो मोहोनी !

अस्टिन, अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।