हिंजो फेरि मेरो कसम अलिकति खिइएछ
पिउँदिन भनेको थें’ अलिकति पिइएछ ।
थाहा थियो मैले पिए तिमी पक्कै रिसाउँछ्यौ
थोरै थोरै भन्दा भन्दै अलि धेरै लिइएछ ।
भित्र पस्दा च्यातिएको झुत्रे झाम्रे पस्या थिएं
निस्कँदा त टाई सूट सबै कुरा सिइएछ ।
जातै यस्तो यो हो अब रिसाएर के गछ्र्यौ र !
सयको नोठ दिएं भन्दा हजारैको दिइएछ ।
जिन्दगीको अर्थ के छ ? के को निम्ति बाँच्छस् 'बोध' ?
नसोध न आजसम्म बेहोसीमंै जिइएछ ।
मणिग्राम, रुपन्देही ।