18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल विश्वप्रकाश पोखरेल April 12, 2010, 9:26 pm

अमृतहरुको हाँगाहरुमा विषहरु फल्नथाले

पानीभित्र विना आगो माछाहरु जल्नथाले

अस्तित्व र संरक्षणको आश्वासन नपाउँदा

यूगौँदेखी विराजमान खम्वाहरु ढल्नथाले

मै खाउँ र मै लाउँको भावनालाई थाती राख्दा

आफ्नै दाजुभाइविच शस्त्र अस्त्र चल्न थाले

आफ्नै कोमल छात्तीमाथी विदेशी बुट प्रहार हुँदा

आमाका ति शरीरका पूर्जाहरु गल्न थाले

मातृभूमी प्रतिको त्यो दयामाया हराएछन्

देशभक्त र निष्टलाई कालोमोसो दल्नथाले

अन्याय र अत्याचारको लेखाजोखा केही छैन

गरिव र निमुखाका झुप्राहरु बल्न थाले

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।