18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भाष्कर काजी April 11, 2010, 3:21 am
भाष्कर काजी
भाष्कर काजी

पातमाथी टिलपीलाउने, गीत खोजीरहेँ

मृगतृष्णा भीत्र एउटा रीत खोजीरहेँ ।

बाँचुन्जेलको उखरमाउलो, व्यर्थै गरेछु

मर्छु भन्ने जान्दा जान्दै जीत खोजीरहेँ ।

कहाँ छ र मानवता ? स्वार्थी दुनीयामा

दानवहरुको भीड्मा यौटा मीत खोजीरहेँ ।

सुखसयल त्यागेर, काँडामाथी हिँडीरहेँ

सागरभीत्र मोती टिप्ने धीत खोजीरहेँ ।

हाँसोमा त सबै खुल्छन् , मन खोलेर

आँशु भीत्रै फूल्ने यौटा प्रित खोजीरहेँ ।

रुँघा – ७, रुकुम, हाल: त्रि. वि. कीर्तिपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।