18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सबिन सिंह April 9, 2010, 7:32 pm

भावना बग्दैन छैन कि सरिता ।

लेखिन्न गजल फुर्दैन कविता ।।

अक्षर मातिए शब्द यी नर्तकी ।

श्रृजना शून्य भै हेर्दै छु रमिता ।।

विचारको अभाव मर्दैछ यो मन ।

साँस यो चल्दैछ तयार छ चिता ।।

भागदौड जीवन फुर्सद छ कसलाई?

सुस्ताई सुन्छन् की? वचन यी विनिता ।।

गन्तव्य नपुग्दै अडिएँ हराएँ ।

सुस्त म बटुवा सबै छन् छरिता ।।

विरूप यो खोलभित्र चियाई त हेर ।

सजिएकी देख्नेछौ हृदय ललिता ।।

तगारो तेर्सिए नि, रोकिन्न यो सफर ।

विद्रोही यो मन, कठोर संहिता ।।

कपिलवस्तु

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।