18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल मनु लोहोरुङ् April 9, 2010, 7:29 pm

थोरै रिस मिसाएर,धेरै माया दिउँला सानु ।।

दु:ख-सुख मिसाएर,आधी-आधी जिउँला सानु।।

धर्ती हाम्रो बराबरी, आफै बोक्छु आकाश सारा

घाम-छाँया मिसाएर,आधी-आधी लिउँला सानु ।।

भोको-पेट सधैंभरी , तिम्रो मेरो जीवन कथा,

आँशु-हाँसो मिसाएर,आधी-आधी पिउँला सानु ।।

थोत्रो भयो जग हाम्रो, टालौं अब मनको वस्ती,

सियो-धागो मिसाएर, आधी-आधी सिउँला सानु ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।