भुल भयो तिमीलाई, यो नजरले चुम्न ।।
मूल भयो आशु मेरो, सकेन खै जम्न ।।
कति कति सपनाहरु, बिपना बन्न खोजे ।
धेरै धेरै विश्वासहरुले, तिमीलाई नै रोजे ।
झुटो बाटो रोजेछु कि, तिमीतिर फर्की ।
आफ्नै छाँया मेटिदैछ, आफैसंग तर्कि ।।
तिम्रै नाममा ताराहरु, रातभरी बल्छन ।
मनका शान्तीदिपहरु, तिम्रै लागि जल्छ्न ।
भावनाले जिउँला भन्थें, भई ढुंगा माटो ।
फोक्टा फोक्टा भयो मेरो, यो छातीको पाटो ।।