एक्लै उही अन्धकारभित्र भूलाएर गयौ
मलाई छोडी अर्कैको फोटो धुलाएर गयौ
सोचेको थिईन यस्तो पनि हुन्छ भनेर
दिलको वागमा अर्कैलाई फूलाएर गयौ
कति बगे आँशुका भेलहरु शुन्यतासँगै
आँशुका भेलसँगै हाँसो घुलाएर गयौ
खोलेको थिएन अन्तस्करणका पर्दाहरु
कुल्चिएर मर्यादाहरु पर्दा खुलाएर गयौ
छोडि जानेको सम्झना किन यति आँउछ ?
वशमा छैन अचेल मन अन्तै डुलाएर गयौ
शिखरपुर–९ शितलकुञ्ज,बैतडी, हाल: धनगढी,कैलाली