पाइलै पिच्छे अघिपछी भइरहेछौ छायाँ
जति टाढा उत्ति गाढा यही रहेछ माया
फूलको डालीडाली भित्र तिम्रै रुप देख्छु
बिहानीको पवनमा तिमीलाई नै देख्छु
जति सोच्यो तिमीलाई देख्छु दाँया बाँया
जति टाढा उत्ती गाढा यही रहेछ माया
सपनीमा भेट्न आउँछौ हराउँछौ बिपनीमा
झिसमिसेमा उठी खोज्छु तस्बिरमात्र सिरानीमा
आशिर्बाद छ तिमीलाई ईश्वर सधैं रहुन दाँया
जति टाढा उति गाढा यही रहेछ माया