गाजल सम्झी लगाएँ तिमीलाई
एकान्तमा नी बोलाएँ तिमीलाई।
हौ तिमी सूर्य,मेरो भित्री नभको
दिलभित्र नै सजाएँ तिमीलाई ।
थियौ सपनीमा नै, तिमी सायद
यसैले मैले जगाएँ तिमीलाई ।
संगीत, गीतको मिलन गराइ
गायक सम्झी गवाएँ तिमीलाई ।
बनेकाथ्यौ शान्त,शितल समुन्द्र
हल्चल गर्न नै,चलाएँ तिमीलाई ।