18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल ऋषि बस्ताकोटी April 2, 2010, 10:58 pm

खराबहरू बीचको असल छान्दैछु म कसो गरूँ !

कहिल्यै नजानेको मन्त्र अहिले जान्दैछु म कसो गरूँ !

जित्नेहरू पाखा लागे, सिङ्गै मैदान हार्नेलाई भो;

कहीं नभएको उल्टो हिसाव मान्दैछु म कसो गरूँ !

फल्छ भन्थे जरुर फल्छ, मौसममा झन् सुक्दै गयो;

सुकेकोलाई हरियो रुख ठान्दैछु म कसो गरूँ !

कसले रोक्छ कसले छेक्छ, आँधी तूफान आयो भने;

तरै पनि च्यातिएको पर्दा अझै तान्दैछु म कसो गरूँ !

सेन्ट पौल हस्पिटल, भेन्कुभर, क्यानडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।