18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल श्याम लामा April 2, 2010, 3:11 am

कति लेखौ अस्तब्यस्त मेरै घरको कथा

सम्हालेरै छरपस्ट भो मेरै घरको कथा

बनाउने बहनामा बिगार्दिन भन्नेहरु

अझै छैनन स्पष्ट मेरै घरको कथा

रुपरङ फेर्ने भन्दै फेरिएर जानेसँग

गरूँ कति पाउकष्ट मेरै घरको कथा

देशभक्ती मुखमा, डुब्छ आफ्नै स्वार्थमा

बिलासीको मोजमस्त मेरै घरको कथा

कुसल देशभक्त योद्दाले जन्मलिने मेरो घर

जन्मे इमन्दार भ्रष्ट मेरै घरको कथा

भो अब नलेख 'श्याम' उज्यालो जानै लाग्यो

दिनरातै निस्पट्ट भो मेरै घरको कथा

सिन्धुली, माझुवा, हाल: दोहा कतार

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।