18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल छवि अनित्य March 30, 2010, 7:50 pm

फूलैफूलको डालीमा अझै बस्छौ कति

लाजैको त्यो लालीमा अझै बस्छौ कति

देवता नै छ कहाँ पूजा गर्न लायक

सजिएर थालीमा अझै बस्छौ कति

वासना छ देहमा रङ्ग पनि उर्लँदो

पलको खुशीयालीमा अझै बस्छौ कति

मान छैन ज्यानको खाली वाहवाही छ

फ्याँकिएको तालीमा अझै बस्छौ कति

डाकी डाकी पारखी पन्छाएर भँमरा

मोल हुन्छ मालिमा अझै बस्छौ कति

रेडियो थाहा संचार,एफ एम ९९.६, हेटौंडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।