मलाई लाछी नठान ।
पानी बिना छट्पटिने माछी नठान ।
तिमी बिना एक्लै पनि रहन सक्छु म ।
सुख दुख जस्तो पर्छ सहन सक्छु म ॥
मलाई दोषी नठान ।
नशा भित्र डुब्न खोज्ने बेहोसी नठान
आँसु पिई मनको तिर्खा मेट्न सक्छु म ।
मनका सारा खुशी सबै रेट्न सक्छु म ॥
मलाई लोभी नठान ।
दैलो दैलो माग्दै हिड्ने जोगी नठान ।
बिष पनि अमृत झैँ पिउन सक्छु म ।
तिमी बिना एक्लै पनि जिउन सक्छु म ॥
काठमाडौँ