जितेर आउनु बहिनीले भन्थी
नत्र नआउनु बहिनीले भन्थी
यो देशले तिम्रो रगत मागेमा
रगत बगाउनु बहिनीले भन्थी
आई लाग्ने माथि जाइ लाग्नु
र छप्काउनु बहिनीले भन्थी
युद्धको दुश्मन मित्र हुँदैन
भनेर कराउनु बहिनीले भन्थी
वीरका छोरा हौ वीर नेपाली
वीरता देखाउनु बहिनीले भन्थी
कोहलपुर–२, बाँके