बल्ल त अर्थ बुझ्दैछु म
जब आँशुले रुझ्दैछु म ।
भाषा जीवनको पाउन
पन्ना,पन्नामा खोज्दैछु म।
जब खुले आँखा सत्यका
अनि जीवन सोँच्दैछु म ।
सहज सोँच्ने यो मनले
सही, सत्य नै रोज्दैछु म ।
संघर्ष नै जीवन भनि
मथिंगलमा कोच्दैछु म ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।