18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बोधराज पन्त March 27, 2010, 9:20 pm

थाहा छैन अझ कति बाँच्नु पर्ने हो

नचाहेका कति नाँच नाँच्नु पर्ने हो ।

यता बाट उता, उता बाट फेरि यता

भकुण्डोको नियति यो हाँस्नु पर्ने हो ।

सोंचे जस्तो चाहेजस्तो खोजेजस्तो छैन यात्रा

धुकधुकीको गति पनि जाँच्नु पर्ने हो ।

लामो सास नफेरेरै भएपनि अलिकति

बुढौतिलाई केही सास साँच्नु पर्ने हो ।

बाँड्दा बाँड्दै नपुगेर अरुलाई भागबण्डा

आफैलाई कति पत्र भाँच्नु पर्ने हो ।

मणिग्राम, रुपन्देही

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।