18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सम्पूर्ण छन्त्याल March 27, 2010, 9:13 pm

यस्तै चालले भेटघाट पनि बन्द हुन सक्छ

माया गर्ने रहर पनि मन्द हुन सक्छ

त्यसैले त भेटौ भन्छु तिमी र म दिनदिनै

बल्ल पो त सुनमा पनि सुगन्ध हुन सक्छ

तिमी छौ र मुटु मेरो अझै सम्म सग्लो नै छ

तिमी गए मुटु खण्ड खण्ड हुन सक्छ

हाँसी हाँसी भन तिमी ,के के गर्नु पर्छ मैले

स्वीकार गर्छु मेरो लागि दण्ड हुन सक्छ

तिमी संगै जिउन पाउँ मरे तिम्रै लागि मरुँ

बल्ल स्वर्ग पुगे पनि आनन्द हुन सक्छ

काठमाण्डौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।