मन र मुटु साथमा तिमी छौ र म छु
एकान्त यो रातमा तिमी छौ र म छु ।
आँखा टम्म थिए बोली बन्द थिए
नबोलेका बातमा तिमी छौ र म छु ।
त्यो फूल किन चुड्नु बास्ना मिठै रैछ
गुलाबको पातमा तिमी छौ र म छु ।
रातको बेला बादल अनि ताराहरु
बन्द कोठा हातमा तिमी छौ र म छु ।
के हुने के नहुने थाहै भएन
जवानीको मातमा तिमी छौ र म छु ।