17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल तिर्थ(यात्री) पौडेल March 26, 2010, 8:59 pm

चौतारीमा आज मलाइ पर्खाएर गइन उनी

आइन यतै, बाटो आँखा तर्काएर गइन उनी

संगै थियो साथी आज बसेको थियो साथ मेरो

नदेखे झैँ नजर उसलाई कर्काएर गइन उनी

जानलाई बिदा भइ साथी मेरो गयो पनि

अदेखामा पुगी माया दर्काएर गइन उनी

आइन फेरी साथ उसको अंगालोमा बाँधिएर

धोके बाज भनि उल्टै थर्काएर गइन उनी

कोनी के थियो जादुगरी निर्मोहिको नजरमा

खेल्यौ खेल्यौ लाग्ने खेलमा पल्काएर गइन उनी

लखनपुर ३, झापा, हाल:बहराइन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।