पायौ सुने तिमीले त लाशमाथी विजय
ढुकढुकी नै छैन अरे सासमाथी विजय
तितामिठा सबै पल संगालेर रमाउने
विभाजित आत्माको दासमाथि विजय
जुनेली रात उनको साथ सुनसान एकान्तमा
पुजा गर्दै मायाभावको शाहसमाथि विजय
यार चिज हो के यस्तो एक एक बुँद
पिए एकै रात मात्रै प्यासमाथि विजय
मायाको भोक यो नितान्त बेग्लै
दिलदारको अंगालो गासमाथि विजय
रझेना ५, कृष्णनगर, बाँके
हाल: रेडियो जन आवाज नेपालगंज