म अर्थहिन रहर भएँ
कोलाहाल शहर भएँ ।
आकारमात्रै त छु म
जलविहिन नहर भएँ ।
जीवन फाल्न सक्तिन
विषविहिन जहर भएँ ।
घामको कुरै गर्दिन म
उषाविहिन प्रहर भएँ ।
कसरी सुरमा आउँ म
भावविहिन बहर भएँ ।
दुख्नपनि त सक्तिन म
पीडाविहिन कहर भएँ ।
रुँघा – ७, रुकुम, हाल: त्रि. वि. कीर्तिपुर, काठमाण्डु