18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सम्पूर्ण छन्त्याल March 16, 2010, 1:42 am

एक मुठी सासको त हो जाबो जिन्दगी

जिउने झिनो आशको त हो जाबो जिन्दगी

माया गर प्रेम गर घृणा पनि त गर्न सक्छौ

मरेपछि लाशको त हो जाबो जिन्दगी

सुन चाँदी धन दौलत खै बच्ने हैन क्यारे

मानो मुठी गाँसको त हो जाबो जिन्दगी

नियतिले लेखेपछि छोड्नुपर्छ देखेकालाई

तक्दिरकै दासको त हो जाबो जिन्दगी

काठमाण्डौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।