शीत! ओंठले हाँसेर बिदा माग्यौ।
प्रेम! बिउनै माँसेर बिदा माग्यौ ।।
प्रेम! फुलमा पराग हुन्छु भन्थ्यौ ।
पात छातीमा टाँसेर बिदा माग्यो ।।
भाव दिएर भावना साट्छु भन्थ्यौ ।
झुटो सम्बन्ध गाँसेर बिदा माग्यौ ।।
भन्थ्यौ माली! म जीवन फूल गोड्ने।
सबै बोटै पो छाँसेर बिदा माग्यौ ।।