18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बोधराज पन्त March 14, 2010, 10:09 pm

भो अति भुक्नु भो साह्रै थुक्नुभो हजूर

बँधिएकै बरु राम्रो ब्यर्थै फुक्नु भो हजूर ।

रुख जस्तै हुनु पर्छ बटुवाको छायाँ बन्न

भन्नुहुन्थ्यो हामीलाई आफै सुक्नु भो हजूर ।

खेद्नु पर्छ महल भित्र शत्रु बस्छन् भन्नुहुन्थ्यो

हामी खेद्दै गयौं ढोका खोल्दै पस्नु भो हजूर ।

संगै ज्यंूने बाचा संगै मर्ने बाचाहरु थिए

हामी हिंडिरह्यौ आफू कतै लुक्नु भो हजूर ।

मणिग्राम,रुपन्देही

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।