फगत शंका गर्न थाल्यौ, चित्त दुख्यो ।
नसोधी डेरा सर्न थाल्यौ, चित्त दुख्यो ॥
थुम्कामा पर्खाएर दिनभर मलाई ।
आफू वेशी झर्न थाल्यौ, चित्त दुख्यो ॥
दिलै खोलेर देखाएँ मैले पत्याईनौ ।
अरुकै भर पर्न थाल्यौ, चित्त दुख्यो ॥
सधैँ हात समाती तर्ने खोला अचेल ।
डुङ्गा चढेर तर्न थाल्यौ, चित्त दुख्यो ॥
बुढानिलकण्ठ, काठमाडौँ