जिन्दगीका सुखहरु हाँस्नै जानिनछु
खुशीहरु बटुलेर नाँच्नै जानिनछु
भत्किएको बनाउनु र सखार्नु मै जुटिरहे
कतै जोड्थे अरुलाई सधैं आँफै टुटीरहें
त्यसै बित्यो जवानी साच्नै जानिनछु
खुशीहरु बटुलेर नाच्नै जानिनछु
वनपाखा गुन्जने गीत नरचेको कहाँ हो र
रोदी घरमा मादलहरु नबजेको कहाँ हो र
लैबरीमा कम्मरहरु भाँच्नै जानिनछु
खुशीहरु बटुलेर नाच्नै जानिनछु
अझै जीवन आधै छ पुरा कहिले हुने हो
मैले देख्ने सपनाले शिखर कहिले छुने हो
डाँडामाथि भइसकेछु बाँच्नै जानिनछु
खुशीहरु बटुलेर नाँच्नै जानिनछु