18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल डा. नवराज सुब्बा March 11, 2010, 7:10 pm
डा. नवराज सुब्बा
डा. नवराज सुब्बा

घामपानी छेक्ने छानामा जलाउने खर चाहिएन

बोलिन्छ नाम बोलाउँदा जुधाउने थर चाहिएन ।

मिलेर रोप्यौ पिपल बनायौं साझा चौतारी

न्यायको छायाँ यात्रुलाई नदिने बर चाहिएन ।

एकता हाम्रो टुटेमा दुस्मनले घर बिगार्लान्

बर्सिए बैरी झरीझैं ओतिने भर चाहिएन?

कसैले आई फुटाए यी हात जोडन फैलन्छन्

पार्दिन टुक्रा आफूलाई मै मर्ने डर चाहिएन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।