17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल तिर्थ(यात्री) पौडेल March 9, 2010, 7:47 pm

बासना छ उनीसँग अंग अंग चुमु लाग्ने

जुनी जुनी सात जुनी वरिपरी घुमु लाग्ने

केश राशी फिजाएर बदनका फल छोप्दा

यौवनको रंग सिंची उनी माथि झुमु लाग्ने

पिपलपाते ओठमा उनको एकाकार गराएर

भित्र पसी मन मुटु एकतमासले छामु लाग्ने

सुमसुम्याई बदनाका अग्ला होचा सबै ठाँउ

उनीसंग अंगालोमा रात दिन रमु लाग्ने

लखनपुर ३ झापा, हाल: बहराइन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।