18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत दलवीरसिंह बराइली "घायल" March 8, 2010, 9:58 pm

सपनीमा आज फेरि, तिमी किन भेट्न आयौ

चोटै–चोटमाथि अझै, करौंतीले रेट्न आयौ

चोट सही बाँच्नु नै छ, आँसु पिई हाँस्नु नै छ

लाश सरी जिन्दगानी मृत्युलाई साँच्नु नै छ

भावीको त्यो लेखोट पनि तिमी किन मेट्न आयौ

चोटै–चोट माथि अझै करौंतीले रेट्न आयौ

चर्की दुख्छ छातीभित्र आँखा भरी बासी निन्द्रा

कैले होला उदाउने दिनमा घाम राति चन्द्र

हिजो दिल टुटाएर आज किन जोड्न आयौ

चोटै–चोटमाथि अझै करौंतीले रेट्न आयौ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।