भाँच्नु हुदैन मन कसैको मन बडो कोमल हुन्छ
भाँचिएको मन एक्लै धेरै धेरैबेर रुन्छ ।
जुन मनपर्छ यसलाई टिलपिल टिलपिल तारा मनपर्छ
कल्पनाको धागो कात्छ जे चाहिन्छ त्यही बुन्छ ।
आँखा हांस्छन्, आँखा रुन्छन्, आँखा भित्र के के हुन्छन् ।
मनको आफ्नै खुबी हुन्छ नबोलेरै सबै सुन्छ ।
चलचित्रका छाया जस्ता चित्रहरु आए गए
यस्तो पर्दा भनिदेउ न हामी भित्र कसले बुन्छ ।
कति झरी, कति बर्षा, कति भेल, कति हुरी
सधैं उस्तै तन्देरी छ मन कहिले बुढो हुन्छ ?
मणिग्राम, रुपन्देही ।