स्विकार गर या ईन्कार, आश माग्न आएँ म
तिम्रै दिलको मझेरीमा बास माग्न आएँ म ।
बेईमानी ती पलहरुले, चस्स कैँ घोचीरहन्छन्
आज फेरी तिमीसँग एकलास माग्न आएँ म ।
गगनभरी टिल्पीलाउने, जुनतारा साँक्षी छन्
हामीले ओढेको खुला आकाश माग्न आएँ म ।
एक्लो जीवन डोर्याउँदैछु, आशाको त्यान्द्रोले
हामीसँग गीत गाउने बतास माग्न आएँ म ।
हिरामोती केहि होईन, शान्ति खोज्छ मनले
चाहिँदैन व्यञ्जन निस्तो गास माग्न आएँ म ।
लथालीङ्ग भै छरियो एक्लो एक्लो जीन्दगानी
फेरी तिम्रै कसिलो बाहूपास माग्न आएँ म ।
रुँघा – ७, रुकुम, हाल: त्रि. वि. कीर्तिपुर, काठमाण्डु