भेटिएन खोजेँ कति शहर जिन्दगीको,
कैले पुरा होला र खै रहर जिन्दगीको ||
मर्न पनि नपाईने बाँच्ने मन नहुँदा नि,
वाध्यताले जिउनु पर्ने कहर जिन्दगीको ||
सधैं सोक सधैं सुर्ता खायो ज्यान सन्तापले,
पाउँदिन कि सुन्न राम्रो खबर जिन्दगीको ||
जता जान खोज्छु उतै बन्द भा'छ्न बाटोहरु,
लाग्छ अचेल गन्तब्य हो बगर जिन्दगीको ||
पोख्न खोजेँ दुखेसो यो लेखेर म गजलमै,
भेटिएन लए छन्द बहर जिन्दगीको ||
'अन्जान'को भागमा आँशु दैवले नै पारेपछि,
हराई गयो हाँस्ने बोल्ने प्रहर जिन्दगीको ||
नवलपरासी