18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल हस्त गौतम मृदुल March 6, 2010, 8:49 pm

म कहाँ टाढा छु र तिम्रो परीवेश भन्दा

अरु के प्यारो हुन्छर आफनो देश भन्दा

भूगोल भित्र अटाउन सिक बिचलित मन

राष्ट्र नै पुज्य हुन्छ जीवनको शेष भन्दा

मनले टेवा दिए तनले पनि दिन सक्छ

माया नै मिठो हुन्छ लाग्ने ठेश भन्दा

माटो न हो राष्ट्र रोपे उर्मिन्छ भाग्य

साँचो जीवन उत्तम हो छदम भेष भन्दा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।