18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राजकुमार कान्छा March 6, 2010, 8:39 pm

बाँच्न सक्छु एक्लो न त मर्न सक्छु

फूल्न सक्छु सदा न त झर्न सक्छु

तिमी पारी म वारी कस्तो बिडम्बना

डुबिजान सक्छु, घाट न त तर्न सक्छु

तिमी बिना जिन्दगानी एक्लोएक्लो लाग्छ,

बस्न सक्छु एक्लो, बसाइँ न त सर्न सक्छु

बागभित्र सप्तरङ्गी फूलसरी फूलिजाने

फूल्न सक्छु, सुवास न त छर्न सक्छु

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।