18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भूपेन्द्र नीराजन March 6, 2010, 8:28 pm

बचनले घोच चाहे धारे हातले हान प्रिया ।

म त तिम्रो साथी नैँ हुँ चाहे शत्रु ठान प्रिया ॥

तिम्रा अघि पछि लागि मरिमेट्ने सयौँ मध्ये ।

मन मिल्ने एउटा मान्छे बेला छँदै छान प्रिया ॥

जसो गर्दा तिम्रो भलो हुन्छ त्यसै गरे हुन्छ ।

मैले कैले भन्याछु र मेरा कुरा मान प्रिया ॥

मुखै फोरी तिम्रा सामु केही बोल्न नसके नि ।

म तिमीलाई माया गर्छु यति कुरा जान प्रिया ॥

काठमाडौँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।